राजनीति

भरतपुरमा रेनु दाहालले घटाईन् मतान्तर , अझै सुवेदीसँग ६१ मतले पछाडि


काठमाडौँ — भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीसँगको मतान्तरलाई घटाएकी छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका सुवेदीले ४ हजार ४५१ मत पाएका छन् भने दाहालले ४ हजार ४१३ मत पाएकी छन् । यसअघि मत परिणाम सार्वजनिक हुँदा सुवेदीसँग ६१ मतले पछाडि परेकी दाहालले सो अन्तरलाई कम गर्दै अहिले ३८ मत अन्तर बनाएकी हुन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १९२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ५४० मत पाएकी छन् ।