काठमाडौँ — गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्न आएका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लुम्बिनी र कुशिनगरबी भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन्,’ परराष्ट्र मनत्रालयले जानकारी दिएको छ, आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरू मार्फत समयैमा नै अघि बढाइनेछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आइतबार बिहान मात्रै लुम्बिनी आइपुगेका हुन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पुजा गर्ने कार्यक्रम सकिएपछि दुई देशका प्रधानमन्त्रीबीच द्धिपक्षीय भेटवार्ता भएको हो । मोदी आजै भारत फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया