Breaking

काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहको अग्रता कायमै


काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम राख्नुभएको छ । १५ हजार ९ सय ८३ मत गणना गर्दा साहले ६ हजार १९४ मत प्राप्त गर्नुभएको हो । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार २ सय २५ र गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको छ । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः तराजु ७७, हलो ५६८, मादल ४, चक्का ६, कुखुराको भाले २, हृदय ११, खड्ग ६, सुँगा ३, करुवा २, साँचो २, कार २, किताव १०, बाघ ११, पुतली १, खरायो २, भुँइकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, अर्ना १, तिलहरी १, आँखी झ्याल ५३८, टायर २ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार सुनिता डंगोलले ६ हजार ३४६ मत प्रप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ७८४ मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः तराजु २८८, हलो १,३४५, मादल ६, चक्का ८, कमलको फूल २, खड्ग १, सुँगा १, करुवा ८, गोलाकार भित्र शंख १, किबोर्डसहितको कम्प्यूटर ४, बाघ २, आधा खोसेलो निकालिएको मकैको घोगो १३, पुतली १, खरायो २, भुँइकटहर १, आँप २, गुलावको फूल २, लौरो ७०६, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ४०, अर्ना ५, आँखी झ्याल ५९४ मत प्राप्त गर्नुभएको छ । सहायक निर्वाचन अधिकृत पौडेलले अहिलेसम्म १५ हजार ९८३ मत गणना भएको बताउनु भयो । उहाँले वडा नम्बर १ र २ को मतगणनाको नतिजा सार्वजनिक भइसकेको र वडा नम्बर ३,४,५,६,३१ र ३२ वडाको मत गणना कार्य जारी रहेको बताउनु भयो ।