काठमाडौँ – सल्यानमा विजय उत्सव मनाउँदै गरेका दुई कार्यकर्ताको करेण्ट लागेर मृत्यु भएको छ । गाडीको छतमा झण्डा समाएर बस्नेत ज्युलाबाट शान्तिबजार जाँदै गर्दा विजुलीको तारबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुमाख – १ स्यानिपिप्लिका लोकेन्द्र राना र वडा नम्बर ४ कोर्तीका गोपाल बुढाथोकी रहेको प्रहरीले बताएको छ।
गाडीमा सवार अन्य १५ जना घाइते भएका छन् । घाइतेहरुलाइ रुकुमको चौरजहारी मिसन अस्पताल लगिएको छ ।
जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाई करेन्ट लागेको सल्यानका प्रहरीले जानकारी दिए ।


प्रतिक्रिया