Breaking

भरतपुरमा ११ हजार ३२८ मतगणना सम्पन्न हुँदा सुवेदीको अग्रता कायमै


काठमाडौँ – भरतपुर महानगरपालिकामा ११ हजार ३२८ मत गणना भएको छ । उक्त मत गणना हुँदासम्म एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायमै बनाएको छ ।

सुृवेदीका प्रतिष्पर्धी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले उनलाई पच्छ्याईरहेकी छन् । सुवेदीभन्दा दाहाल एक सय मतले पछि परेकी छन् । सुवेदीले ३९४४ मत प्राप्त गर्दा दाहालले भने ३८९४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४४७६ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले ३०७० मत पाएकी छन्।