Breaking

भक्तपुरमा नेमकिपाको वर्चस्व, निकटतम् प्रतिष्पर्धीभन्दा २४ हजार मत बढी


काठमाडौँ – भक्तपुर नगरपालिकाको जारी मतगणनामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले मेयर पदमा शानदार मत पाएका छन् । नेमकिपाका सुनील प्रजापतिले पछिल्लो मत परिणामअनुसार २७ हजार ६६० मत पाएका हुन् ।

सो नगरपालिकामा काँग्रेसका उम्मेदवार रामप्रसाद कसुलाले ३ हजार १९९ मत पाएका छन् । नेमकिपा र काँग्रेसको मतान्तर २४ हजार ४४१ मत रहेको छ । यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन् ।

यसैगरी उपमेयरमा पनि नेमकिपाकै उम्मेदवारको शानदार मत छ । सो पालिकामा उपप्रमुखका उम्मेदवारले २८ हजार ११० मत पाएका छन् भने एमालेका उम्मेदवारले २७२४ मत पाएका छन् । यस्तै काँग्रेसका उम्मेदवारले १९१६ मत पाएका छन् ।