Breaking

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै


काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । मोदी बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा लुम्बिनी उत्रिने तय गरिएको छ ।

त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम राखिएको छ । भारतको संस्कृति मन्त्रालयले लुम्बिनीमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसनको नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्ने तय गरिएको छ ।

अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।