राजनीति

सोलु थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका असिम राई निर्वाचित


काठमाडौँ — सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छन् । आइतबार साँझ सम्पन्न मत गणना अनुसार ४,०४९ मतका साथ थुलुङ दूधकोशीको अध्यक्षमा पुनः असिम राई निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसका वीर बहादुर गुरुङलाई ५३८ मतान्तरले पछि पार्दै राई पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले ३,५११ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका आङ बाबु राईले १,६०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै थुलुङ दूधकोशीको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सविता राई निर्वाचित भएकी छन् । उनले ३,८०० मतका साथै पुनः उपाध्यक्षमा निर्वाचित भएकी हुन् । यस अगाडि उनी नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी एकाकुमारी कार्कीले ३५२३ मत ल्याएकी छन्, भने एमालेले १७४६ मत ल्याएको छ ।