Breaking

नेपालगञ्ज उपमहानगरमा कांग्रेसको दोब्बर अग्रता


काठमाडौँ — बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले दोब्बर बढी मतले अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत पाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मतसहित अग्रता कायम राखेका छन् । एमालेकी शान्ति ढकालले १ हजार १९० र राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन् । नेपालगञ्ज उपमहानगरपालिकामा सत्तारुढ दलहरुबीच कांग्रेसले मेयर र जसपाले उपमेयर लिने गरी भागबण्डा भएको थियो ।