Breaking

नयाँ वडामा पनि बालेनकै अग्रता


काठमाडौँ — काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन् । पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन् । अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ ।

छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् । वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरू भएको हो । यसमा पनि बालेनले नै अग्रता लिएका छन् ।