Breaking

सुनिता डंगोल तेब्बर बढी मतले अगाडि


काठमाडौँ — काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् । यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि शाक्यले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् । यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।