Breaking

भरतपुर महानगरपालिकाको विवाद समाधान , पुनं मतगणना सुरु


काठमाडौँ — भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध गरिएको थियो । करिब १५–२० मिनेट रोकिएपछि अहिले पुनः गणना थालिएको छ ।