देश

मिक्वाखोला गाउपालिका २ मा एमालेबाट झरेन्द्र थापाको प्यानल सहित विजयी


काठमाडौँ —ताप्लेजुङको मिक्वाखोला गाउपालिका २ खोक्लिङमा नेकमा एमालेबाट झरेन्द्र थापा प्यानलनै बिजयी भएका छन् । ०७४ सालमा नेपाली काङग्रेसबाट सुरेश थापा वाडा अध्यक्ष भएका थिए सोही स्थानमा झरेन्द्र थापाले आफ्नो प्यानल सहित पकट जमाएका छन् । मिक्वाखोला गाउॅंपालिका वडा नं २ खोक्लिङमा एमालेको विरासत पुनर्स्थापित भएको छ ।

उक्त वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार झरेन्द्र थापा विजयी भएका छन् । उनले ४४५ मत ल्याएका छन् । यस्तै उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र थापाले २५९ मत ल्याएका छन् । यस्तै पुरुष खुल्ला सदस्यहरुमा पेम्बा शेर्पाले ३८८ मत र नारायण प्रसाद साँवा लिम्बूले ३८६ मत ल्याएका छन् । महिला सदस्य देवी माया ओझाले ४२७ मत ल्याएका छन् भने महिला दलित सदस्य प्रमिला विकले ३९६ मत ल्याएका छन् ।