देश

एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित


काठमाडौँ —एमाले सचिव पद्मा अर्यालको पति वडा सदस्यमै पराजित नेकपा एमालेकी सचिव पद्मा अयार्लका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१को वडा सदस्यमा पराजित भएका छन् । वालिङ– १ को खुला सदस्यको उम्मेदवार पौडेल काँग्रेसका उम्मेदवार सम्भव अर्यालसँग पराजित भएका हुन् ।

वडा १ मा १८३४ मत खसेकोमा सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् । एमालेका पौडेलले ६४५ मत मात्र पाए । काँग्रेसका उम्मेदवारसँग उनी ४६७ मतान्तरले पराजित भएका हुन् । वालिङ – १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।