Breaking

राजेन्द्र लिङ्देनको गाउँ हल्दिबारीमा राप्रपाको अग्रता


काठमाडौँ — झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा अघि बढेको छ । राप्रपाका रवीन्द्रप्रसाद लिङदेनले १ हजार ६ सय ६० मत सहित अग्रता हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बरबहादुर गिरीले १ हजार २६ मत पाएका छन् । कांग्रेसका तुलसीप्रसाद ओलीले २ सय ९१ मत पाएका छन् । हल्दिबारीमा हालसम्म ३ हजार ३ सय ७ मत गणना भएको छ ।