देश

नुवाकोटको शिवपुरी गाउँपालिकामा माओवादी केन्द्र विजयी


काठमाडौँ — नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं १ को अध्यक्षमा सुकुराम तामाङ विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तामाङले ९९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रराज खत्रीले ६८८ मत प्राप्त गरेका थिए ।