देश

तामाकोशी गाउँपालिकामा एमालेको प्यानल विजयी


काठमाडौ — दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ भिरकोटमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो । उक्त वडाको अध्यक्षमा एमालेकातर्फबाट वसन्त थापा निर्वाचित भएका छन् । यस्तै, महिला वडा सदस्यतर्फ दर्गामाया कार्की, दलित महिला सदस्यतर्फ अम्बिका मिजार, वडा सदस्यतर्फ केशव बस्नेत र वडा सदस्यतर्फ सुन्दर केसी विजयी भएका छन् ।