देश

ओलीले भोट हालेको सूर्यविनायकमा गठबन्धन अगाडि


काठमाडौँ — भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर पदमा काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी पछिल्लो मत गणनामा सूर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले १४३४ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले १२९१ मत ल्याएका छन् ।

तेस्रो नम्बरमा राप्रपाका राधिका रानाभाटले ५५२ मतले पछ्याउदै छन् । त्यसैगरी उपमेयरतर्फ एमालेका सरिता भट्टराईले १२५८ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १०१४ मत पाएका छन् ।