Breaking

धरानमा कांग्रेसको अग्रता


काठमाडौँ — धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । तीन हजार ९०० मत गणना हुँदा उनले एक हजार ३८९ मत प्राप्त गरेका हुन् ।

उनलाई स्वतन्त्र उम्मदेवार हर्क साङ्पाङले पछ्याइरहेका छन् । उनले एक हजार २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले ७८९ पाएकी छिन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।