देश

भरतपुरमा रेनु दाहालको अग्रता कायमै


काठमाडौँ — भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ३९० मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १२२६ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले ८३० मत प्राप्त गरेकी छन् ।