Breaking

माडी–१ को वडाध्यक्षमा राप्रपा विजयी


काठमाडौँ — चितवनको माडी नगरपालिका वडा नं। १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले १ हजार ४३३ मत पाउँदै वडाध्यक्ष जिते । उनी यसअघि सोही वडाको वडा सदस्य थिए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले ९४३ मत ल्याए । एमाले उम्मेदवार टिकाराम सुवेदीले १२६ मत पाए । सो वडामा महिला सदस्यमा राप्रपाबाटै अप्सरा सुवेदी, दलित महिला सदस्यमा गुना धमला लोहार र खुल्ला सदस्यमा नेपाली कांग्रेसका जय नारायण लामिछाने र राप्रपाका दिपेन्द्र महतो निर्वाचित भएका छन् ।