Breaking

काठमाडौं महानगरपालिकाको दोब्बर मतसहित बालेनको अग्रता कायमै


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत प्राप्त गरेका हुन् । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा एमाले का उम्मेदवार केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत ल्याएकी छन् ।