राजनीति

चुनाव सकिएको अघिल्लो दिनमै पेट्रोलको मूल्य १० रुपैयाँले वृद्धि


काठमाडौँ – चुनाव सकिएको अघिल्लो दिनमै नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।