Breaking

काठमाडौँमा बालेन शाहले यसकारण जित्दैछन्, स्थानीय तहमा काँग्रेस पहिलो बन्ने


काठमाडौँ – दोस्रो कार्यकालका लागि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । ७५२ स्थानीय तह मध्य ७० प्रतिशत स्थानीय तहमा मतगणना सुरु भइसकेको छ । ती मध्य सबैभन्दा बढि नेतृत्वमा काँग्रेसका उम्मेदवारले लिड गरिरहेको देखिएको हो ।

स्थानीय तह निर्वाचनको मत परिणामहरु धमाधम आइरहेको छ । हाल मतगणना भइरहेको स्थानीय तहको मत परिणामलाई हेर्दा पहिलो दल नेपाली काँग्रेस बन्ने देखिन्छ । ७५३ स्थानीय तह मध्य अहिले ७० प्रतिशत भन्दा बढि स्थानीय तहमा धमाधम मतगणना भइरहेको छ ।

हालसम्म नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हासिल गरिसकेको छ भने नेपाली काँग्रेसले ४ स्थानमा, माओवादी केन्द्रले १ र एकीकृत समाजवादीले दुई स्थानमा विजयी हासिल गरेको छ । तर अग्रताको संख्यालाई हेर्ने हो भने २०२ स्थानमा नेपाली काँग्रेस अगाडी छ भने नेकपा एमालेले १३९ स्थानीय तहमा अग्रता कायम राखेको छ ।

नेकपा माओवादी केन्द्रले ७२ स्थानमा अग्रता लिएको छ । एकिकृत समाजवादी पार्टीले जम्मा नौ स्थानमा अग्रता लिएको छ । जसपाको अग्रता ७ स्थानमा सिमित छ । काँग्रेस, माओवादी, एकिकृत समाजवादी, जसपाले महानगरसहित केही स्थानीय तहमा गठवन्धन गरेको छ ।

नत्र अधिकांश स्थानीय तहमा एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका यी दलहरुको प्रारम्भिक आँकडा पहिलो स्थानमा काँग्रेस, दोस्रोमा एमाले, तेस्रोमा माओवादी केन्द्र आउने स्थिति देखिन्छ । त्यसपछि जसपा, लोसपा, एकिकृत समाजवादी पार्टी रहने मतपरिणामको प्रारम्भीक मत परिणामले संकेत गरेको छ ।

काठमाडौँ महानगरपालिकामा गठवन्धनमा दल र एमालेलाई समेत माथ खुवाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्रस्थानमा देखिएका छन् । उनले काँग्रेस र एमालेको गढ मानिने काठमाडौँ महानगरमा सबै उम्मेदवारभन्दा बढि मतले अगाडी छन् । सम्भवत बालेन्द्रको यो मत परिणाम बौद्धिक तहले अपेक्षा गरेको भन्दा बाहिरको मत परिणाम हो ।

यद्यपी ३ लाखको हाराहारीमा मतदाता रहेको काठमाडौँ महानगरमा एक हजार मत गन्दा आएको मत परिणामलाई आधार मान्न सकिन्न । उता भरतपुर महानगरपालिकामा पनि गठवन्धनका उम्मेदवार रेनु अनुधिकारीलाई विपक्षी एमालेको उम्मेदवार विजय सुवेदीले पछि पारेका छन् ।

विराटनगरमा गठवन्धनबाट उम्मेदवार बनेको काँग्रेसले अग्रता कायम राखेको छ भने विरगन्ज महानगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवारलाई गठवन्धनमा रहेका दलहरुले सहयोग गरेको छ । यद्यपी त्यहाँ र पोखरा महानगरमा मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन जित्नैका लागि गठवन्धन गरिएको महानगरहरुमा अनपेक्षित मत परिणाम देखिन्छ । बरु महानगर, उपमहानगर वा नगरपालिका रहेका ठूला शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुले निक्कै राम्रो मत पाएको देखिन्छ ।

सुरुवाती मत परिणाम विश्लेषणको एउटा आधार मात्रै हो । समग्र स्थानीय तहको स्पष्ट आकृति पाउनका लागि अझै केही घण्टा को मत परिणाम कुर्नुे पर्ने हुन्छ । तथापी स्थानीय तहको प्रा्म्भीक परिणाम हेर्दा मुल राजनीतिक व्यवस्थामा रहेका राजनीतिक दलहरुप्रति जनताको खास रुची देखिएको छैन ।

उत्साहजनक मत नखस्दा यो आंकलनलाई बल पुर्याएको छ । यद्यपी अबको ५ वर्ष स्थानीय तहमा नेपाली काँग्रेस र एमालेकै बोलवाला रहने अनुमानलाई भने नकार्न सकिन्न ।