राजनीति

सर्लाहीमा मतगणनाको विषयलाई लिएर कार्यकर्ताहरुबीच झडप


काठमाडौँ – सर्लाहीको कौडेना गाउँपालिका कार्यालय स्थलमा शनिबार मध्यान्ह झडप भएको छ । कौडेना बजारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

मतगणनाका लागि गाउँपालिका कार्यालय भित्र सर्वदलीय बैठक भईरहेको बेला बाहिर जम्मा भएका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । कौडेना गाउँपालिका वडा न–४, मोतिपुरमा पुनः मतदान गर्नुपर्ने र हिजो शुक्रबार भएकै मतदान गणना हुनुपर्ने भन्ने विषयमा विवाद भएको थियो ।

स्थिती नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायरगरिएको थियो । विवाद बढ्दै गएपछि यहाँ आज पनि मतणना नहुने भएको छ ।