राजनीति

सर्लाहीमा पुनः मतदान


काठमाडौँ – सर्लाहीको बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले यस वडामा फेरि मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।

जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रवार बिहानै मतदान गराएपछि दिउँसोदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् ।