देश

उम्मेदवार सुनिता डंगोलको प्रारम्भिक अग्रता


काठमाडौँ — काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रारम्भिक अग्रता लिएकी छन् । काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी छन् । उनलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेकी छन् । उनले ८५ मत पाएकी छन् ।