राजनीति

पर्वत जिल्लाको पैयुं गाउँपालिकामा काँग्रेस विजयी



काठमाडौँ — नेपाली काँग्रेस पर्वत जिल्लाको पैयुं गाउँपालिकामा पहिलो जित निकालेको छ । पर्वतको पैयुं गाउँपालिको वडा नम्बर १ टकलाकको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार मीनप्रसाद न्यौपाने निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर रानाले भन्दा ४४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचित न्यौपानेले ३६४ मत ल्याएका छन् भने रानाले ३२० मत प्राप्त गरेका छन् ।