देश

२०० मत गन्दा रेनु दाहाल पछाडि


काठमाडौँ — भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत गन्दा माओवादी केन्द्रकी उनले जम्मा ६८ मत पाएकी छन् । यस्तै विजयले ८२ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् । यसैगरी उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।