देश

ओलीको गृह नगरमा राप्रपाका उमेदवारको मतान्तर घट्यो


काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् । ८०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ३८० मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ३६१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले ३५८ र एमालेका अम्बिका खनालले ३४० मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्रपा, काँग्रेस र जसपाले गठबन्धन गरेका थिए