Breaking

काठमाडौँमा ६८० मत गणना गर्दा बालेनको अग्रता कायमै


काठमाडौँ – पाँच दलको गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर बालेन शाहले अग्रता कायमै राखेका छन् ।

निर्वाचन आयोगले दिएको औपचारिक जानकारीअनुसार अहिलेसम्म ६८० मतगणना भएको छ । यद्यपी अनौपचारिकरुपमा १५ सय बढी मत गणना भएको बताइएको छ ।

आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म ६८० मतमा बालेन शाहले २१६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले १७९ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले १४१ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ ।