Breaking

वीरगञ्जमा मतगणना सुरु


काठमाडौँ – वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भएपनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

वीरगञ्जमा जम्मा ९३ हजार ७ सय ८२ मत खसेको थियो । यो भनेको जम्मा मतदाता संख्याको ७५.२४ प्रतिशत मत हो ।