देश

दाङको लमही नगरपालिकामा कांग्रेसको अग्रता


काठमाडौँ — दाङको लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार जोगराज चौधरीले अग्रता लिएका छन् । माओवादी केन्द्रका बसन्त राज शर्मा विक्रान्तले १६८ र नेकपा एमालेका दण्डीराम चौधरीले १४६ मत पाएका छन् । मेयर पदमा कांग्रेसले अग्रता लिए पनि उपमेयर पदमा भने एमालेकी उम्मेदवार सुशिला शर्माले अग्रता लिएकी छन् । शर्माले १४८ मत पाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । उपमेयर पदका अन्य उम्मेदवारहरु माओवादी केन्द्रकी गंगा पाण्डेले १२३ र नेपाली कांग्रेसकी लक्ष्मी योगीले १२२ मत पाएकी छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।