देश

पोखरा महानगरपालिकाको मतगणना जारी



काठमाडौँ — पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । आज शनिबार दिउँसोदेखि महानगरपालिकाको मतगणना सुरु भएको हो । महानगरपालिकाको वडा नम्बर १, १२ र २३ मा मतगणना चलिरहेको हो । यद्यपि अहिलेसम्म मत परिणाम सार्वजनिक गरिएको छैन । पोखरामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी धनराज आचार्य मेयरको उम्मेदवार रहेका छन् भने एमालेबाट कृष्ण थापा रहेका छन् ।