Breaking

ललितपुरको मेयरमा चिरिबाबुको अग्रता


काठमाडौँ – ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बनाएका छन् । ढिलो गरि सुरु गरिएको मतगणनामा ५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका हुन् ।

त्यस्तै उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । यसअघिको चुनावमा पनि यिनै दुईबीच प्रतिष्पर्धा भएको थियो ।

जसमा महर्जनले ललितपुर महानगरको मेयर हात पारेका थिए । यसपटक पनि महर्जनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ दिएको छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ ।