देश

वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता


काठमाडौँ — कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् । यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिएकी छन् । उनले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाएका छन् । वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।