देश

हुम्लामा मतपेटिका संकलनमा कठिनाई , हेलिप्टर पठाईने


काठमाडौँ — हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ । नाम्खा गाउँपालिका(६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो । यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । चंखेली गाउँपालिका(५ को नेप्काबाट मतपेटीसहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।