देश

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा कांग्रेसको अग्रता



काठमाडौ — भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले ९४० मत ल्याएका छन् । एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत ल्याएका छन् । भक्तपुरको सूर्यविनायकमा भने एमालेले अग्रता लिएको छ । सूर्यविनायकमा एमाले उम्मेदवार वासुदेव थापाले ३३७ र कांग्रेसका मेयर उम्मेदवार निशान ढुंगेलले २६९ मत ल्याएका छन् ।