देश

सप्तरीमा ७ वटा पालिकामा मतगणना सुरु


काठमाडौँ — सप्तरीका १८ वटा पालिकामध्ये ७ वटामा मतगणना सुरु भएको छ । तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका र कञ्चनरुप नगरपालिकामा मतगणना सुरु भएको छ ।

यस्तै अग्निसाइर कृष्णासावरण गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए । जोशीका अनुसार केही पालिकामा सर्वदलीय बैठक जारी रहेको र केहीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा एकरएक बुथको मतदान स्थगित भएकोले पुनः मतदान पछि मात्रै गणना हुने उनले बताए ।