देश

डडेल्धुरामा नेपाली काँग्रेस फराकिलो मतान्तरले अगाडि


डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ४ मा नेपाली काँग्रेसले मतान्तर फराकिलो बनाएको छ । २ हजार तीन मत गन्दा काँग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार ईन्द्र बहादुर कार्कीले १ हजार ३२ मतसहित अग्रता बनाएका छन् । यस्तै एमाले र नेपाली काँग्रेस बिपीका साझा उम्मेदवार सुरेन्द्र बहादुर मालीले ४९१ पाएका छन् ।​

गाउँपालिका ४ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी भएका छन् । यस्तै एमालेका एमाले उम्मेदवार लोक राज भट्टले १८४ र माओवादीका अहिल्या कुवँर प्रधानले १४९ मत मात्र पाएका छन् ।