Breaking

काङ्ग्रेस, एमाले र विप्लव गठबन्धनलाई हराउँदै थवाङ ५ मा नेकपा माओवादी प्यानल नै विजयी


काठमाडौँ — थवाङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।नेपाली काङ्ग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगरसहित प्यानल नै विजयी भएका हुन् । घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरेका हुन् ।