Breaking

काठमाडौं महानगरपालिकाको मतगणना सुरु , एउटा मतपत्रको मत गणना गर्न २० मिनेट लाग्ने


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ । निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ । महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।