देश

मतगणनास्थलमै पुगे शाह


काठमाडौँ — राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२को मतगणना सुरू भएको हो । मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन शाह आफै पुगेका छन् । मतगणना भइरहेको स्थानलाई निगरानी गर्दै गरेको देखिन्छ । मेयरका प्रमुख उम्मेदवारहरू मतदानस्थलमा पुगेका छैनन् । अघि शुक्रबार मतदान सकिएपछि स्वतन्त्र उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

पाँच स्वतन्त्र उम्मेदवारका एक जना मात्रै प्रतिनिधि राख्ने भनेपछि शाहले असहमति जनाएका थिए । उनले निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका थिए । शनिबार बिहान भएको सर्वदलीय बैठकले भने उनको माग पनि सम्बोधन भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।