देश

भरतपुर महानगरपालिकामा मतगणना गर्ने तयारी


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको छ । निर्वाचन आयोगले मतगणना गर्ने कर्मचारी तथा दलहरुले गणना हेर्ने प्रतिनिधिको व्यवस्थापनमा ढिलाइ गर्दा गणना दुई घण्टाभन्दा बढी ढिला भैसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भनेर सूचना निकालेको थियो । हिजो शुक्रबार बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट गणना गर्ने निर्णय गरेपनि गणनामा ढिलाइ भएको छ । वडा नं १ बाट मतगणना सुरु गर्ने तयारी छ । अहिले एउटा मात्रै वडाको मत गनेर जाने सहमति छ । पछि बढाएर विभिन्न ठाउँबाट गणना गर्ने तयारी छ ।