देश

सुवास नेम्वाङको गृह नगरमा गठबन्धनका उम्मेदवारको अग्रता


काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् । एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणना सुरु भएको हो । गठबन्धनका दलहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन्