Breaking

हेटौंडा उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता


काठमाडौँ — हेटौंडा उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् । यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्वार राजेश बानियाँ अगाडि छन् । २ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ मत ल्याएकी छिन् । यस्तै राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् । यस्तै कांग्रेसका बानियाँले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ८२ मत प्राप्त गरेकी छिन् ।