देश

ओलीको गृहनगर दमक नगरपालिकामा एमालेको अग्रता कायमै


काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम राखेको छ । ३ सय मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार गीता अधिकारीले १ सय ३९ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार रहेका राम थापाले १२० मत ल्याएका छन् ।

उपमेयरमा भने गठबन्धनबाट रेगिना भट्टराईले १ सय ३२ मत ल्याउँदा एमालेकी अम्बिका खनालले ११० मत ल्याएकी छन् ।