देश

ताजाँकोट–१ र सानीभेरी–१ मा माओवादीका उम्मेदवार विजयी


काठमाडौँ — हुम्ला जिल्लाको ताजाँकोट गाउँपालिका –१ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् । ताजाँकोट–१ मा अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका –१ का नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेको माओवादीका रुकुम जिल्ला प्रचार समितिका संयोजक धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।