देश

मुस्ताङको घरपझोङमा काँग्रेस विजयी


काठमाडौँ — मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी २ मतको अन्तरले विजयी भएका हुन् । लालचनले एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतले पराजित गरेका छन् ।

उक्त पालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । मतपरिणाम अनुसार कांग्रेसका लालचन ७ सय ६० मत लिएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसकै जमुना थापा थकालीली ६ सय ९३ मत लिएर विजयी बन्दा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् । घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।