देश

बर्दिबासको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता


काठमाडौँ — महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले १९० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार टेकबहदुर बलम्पाकीले १०३, माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले ५४ र नेपाली कांग्रेसका चिरञ्जीवी हमालले ५ मत पाएका छन् ।